Saturday, July 18

माधव नेपाल निर्दोश सावित हुनुभयो: प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितानिवास जग्गा प्रकरणामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको जानकारी दिनु भएको छ।

Advertisement

समाजवादी मोर्चाले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको सन्देश सभामा प्रचण्डले अध्यक्ष नेपालको बारेमा के हो ? कसो हो ? भन्ने भएको अवस्थाले पार पाएको बताउनु भएको हो। नेपालमाथिको अनुसन्धानले निर्दोष सावित गरेको प्रधानमन्त्रीको भनाई छ।

Advertisement
Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको बताउँदै प्रचण्डले भन्नुभयाे,‘सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो, बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो। त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो।’

Advertisement

prachand madhv 1693567041.jpg

prachand madhav biplav 1693567041.jpg

madhav nepal 1693567040.jpg