Thursday, July 9

बिन्दबासिनी मन्दिर संरक्षणको प्रयास सुरु

गाेरखा । ऐतिहसिक विन्दबासिनी मन्दिर संरक्षणका लागि सो क्षेत्रका स्थानीय लागिपरेका छन् ।

Advertisement

सोमबार स्थानीयहरुको भेलाले मन्दिर संरक्षणका लागि उपभोक्ता समिति समेत गठन गरेको छ । बाबुराम श्रेष्ठको अध्यक्षमा गठित नौ सदस्सिय समितिको सचिवमा कुवेर थापा र कोषाध्यक्ष सरला श्रेष्ठ रहेका छन् ।

Advertisement
Advertisement

उक्त समितिले गोरखा नगरपालिकाले छुट्याएको १० लाख रकमले मन्दिरको संरक्षणका लागि विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ ।

Advertisement

सो अबसरमा स्थानीय र सरोकारवालाहरुले सोमबार मन्दिर वरपर सरसफाई गरेको स्थानीय विमल श्रेष्ठले जानकारी दिए ।

वडा सदस्य राजेन्द्र तिवारी, सम्भु थापा, उद्योग बाणिज्य संघ अध्यक्ष जीवनज्योती श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल ट्रेड यूनिएन काङ्ेसका जिल्ला अध्यक्ष सरदबाबु श्रेष्ठ लगाएत स्थानीय टोल बिकास संस्थाका पदाधिकारीहरुको उपस्थिीतिमा सरसफाई कार्यक्रम गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *