Thursday, July 30

समाजवादी प्रेस संगठन नेपालको महिला विभागद्वारा तिज विशेष कार्यक्रम

नेपालअखबार, काठमाडौ ।  समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय महिला विभागले तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

बिहीबार काठमाण्डौ स्थित थापागाउँको मण्डला थिएटरमा कार्यक्रम गरेको हो ।  कार्यक्रममा नेकपा एकीकृत समाजावदीका उपाध्यक्ष तथा अनेमसंघ (समाजवादी) का अध्यक्ष जयन्ती राईको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै राईले तिज कार्यक्रम महिलाहरुको र हिन्दुहरुको मात्र नभएर समग्रको राष्ट्रिय चाडको रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।

Advertisement
Advertisement

उहाँले तिजले एक आपसमा भातृत्व र सहकार्यको चाडको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पवित्रा घर्ती, चमीना भट्टराई, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रमा आले समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी, न्यूनतम पारीश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का ,नेपाल पत्रकार महासंघका उपाध्यक्ष वाला अधिकारी, नेपाल प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहाल,प्रेस सेन्टरका उपाध्यक्ष गंगा बराल,वरिष्ठ पत्रकार वविता वस्तेत ,संचारिका समुहकी अध्यक्ष विमला तुम्खेवा लगायतको उपस्थिति थियो ।

Advertisement

कार्यक्रमका बक्ताहरुले हरितालीका तिजलाई तडक भडक नगरी सामान्य समाजवादी प्रेस संगठनका उपाध्यक्ष तथा महिला विभाग प्रमुख अस्मिता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ज्ञानु घिमीरे र संचालन उपमहासचिव प्रतिज्ञा वुढामगरले गर्नुभएको थियो ।