Tuesday, July 28

मदन भण्डारी राजमार्गको सुर्खेत सडकखण्ड एक वर्षभित्र कालोपत्रे हुने

नेपालअखबार, सुर्खेत मदन भण्डारी राजमार्ग अन्तर्गतको सुर्खेत पूर्वी भाग धुलियाविट-भेडाबारी सडक एक वर्षमा कालोपत्रेको काम सकिने भएको छ। मदन भण्डारी राजमार्ग ट्रयाक खुलेको ४८ वर्षपछि कालोपत्रे हुने भएको हो।

Advertisement

लामो समयदेखि रूख कटानको अनुमति नपाउँदा निर्माणको काममा अवरोध भएको अहिले रुख कटान र सडक स्तरोन्नति काम भइरहेको शनिबार सडकको अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले बताउनु भयो ।
‘सडक निर्माणले अहिले गति लिएको सुर्खेतको पूर्वी भागमा रहेको सडक एक वर्षमा निर्माण सकिन्छ।’ उहाँले भन्नुभयो ,‘पश्चिम भागको राजमार्गले चाडै कामले गति लिनेछ।’

Advertisement
Advertisement

सडकको काम तीब्र रुपमा गर्न रुख कटानका लागि वन मन्त्रालयले अनुमति दिइसकेको अहिले रूख कटानको कामसँगै सडक निर्माणको काम तिब्र रुपमा गर्न मन्त्री ज्वालाले बताउनु भयो । ‘यो सडक एक वर्षमा कालोपत्रेको काम पुरा हुने लक्ष्य राखिएको छ।’ उहाँले भन्नुभयो , ‘लक्ष्य अनुसार नै काम भइरहेकाले निर्माणको काम चाडै पुरा हुन्छ।’

Advertisement

मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वीभागमा ३५ किलोमिटर रहेको अहिले पश्चिममा भागमा ९४ किलो मिटर रहेकोमा त्यहाँ ठेक्का लागेर काम अगाडि बढाइएको छ ।