Tuesday, July 28

आठ कक्षा पास कर्मचारीलाई पनि खरिदारको प्रतिस्पर्धामा संलग्न गराउन एकीकृत कर्मचारी संगठनको माग

नेपालअखबार, काठमाडाैं। एकीकृत सरकारी कर्मचारी संगठनले आठ कक्षा उत्तीर्ण श्रेणीबिहीन कर्मचारीहरूलाई पनि राजपत्र अनंकित खरिदारमा पदपूर्ति गर्दा संलग्न गराउनुपर्ने माग सरकारसँग गरेको छ। संगठनको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले यस्तो प्रस्ताव गरेको हो।

Advertisement

त्यस्तै खरिदारमा पदपूर्ति गर्दा खुला प्रतिस्पर्धाबाट ७० प्रतिशत र आन्तरिकबाट २० प्रतिशत कायम गर्नुपर्ने माग राखेको छ।
जेष्ठता र कार्यसम्पादन मुल्यांकन बढुवामा १० प्रतिशत हुनुपर्ने उल्लेख छ।

Advertisement
Advertisement

राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत पदमा खुला तर्फ ५० प्रतिशत, आन्तरिक प्रतिस्पर्धातर्फ १० प्रतिशत, र जेष्ठता कार्यदक्षता मुल्यांकन बढुवामा ३० प्रतिशतको व्यवस्था सुनिश्चित हुनुपर्ने माग बैठकले गरेको छ। कर्मचारी सरूवा प्रणालीलाई वैज्ञानिक, स्वचालित, चक्रिय र अनुमानयोग्य बनाइनुपर्ने माग पनि उनीहरूको छ।

Advertisement

निश्चित समयअन्तरमा  स्वचालित रूपमा कर्मचारीको तलब, भत्ता, बढाउनुपर्ने पनि उल्लेख छ। स्थायी सेवा प्रवेश गरी १५ वर्ष पूरा गरेका कर्मचारी अनिवार्य अवकाश हुँदा निवृत्तीभरणका लागि नपुग अवधि थप गरी निवृतिभरण प्रदान गर्ने व्यवस्था हुनुपर्ने माग छ।

अबको प्रत्येक शुुक्रबार कर्मचारीमैत्री र नागरिक मैत्री संघीय निजामती ऐन जारी गराउन दबाब अभियानका कार्यक्रमहरू गरिने संगठनका महासचिव प्रकाश राईले जानकारी दिए।