Sunday, May 10

समाजवादी मोर्चाको कोशी, बागमती र सुदूरपश्चिम सभा भदौ २४ देखि

नेपालअखबार, काठमाडाैं। समाजवादी मोर्चा नेपालले बाँकी रहेका तीन प्रदेशमा पनि सन्देश सभा गर्न मिति तय गरेको छ।

मोर्चाको पूर्वघोषित कार्यक्रमअनुसार बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न बाँकी छ।

Advertisement

तीमध्ये भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्न कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए।

मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ।

बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गर्ने छ।

कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा  (एकीकृत समाजवादी) र  नेपाल कम्युनिष्ट पार्टी आवद्ध छन्।