
नेपालअखबार, काठमाडौ । पेसागत महासंघ नेपाल (कोनेप ) अन्तर्राष्ट्रिय महिला समितिले पूर्व योगदान रहेको ज्येष्ठ महिलालाई सम्मान गरेको छ । बिहीबार काठमाण्डौ स्थित पेशागत महासंघको सभाहल लैनचौरमा आयोजित कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको हो । सो अवसरमा तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एकीकृत समाजवदीका उपाध्यक्ष तथा अनेमसंघ (समाजवादी) का अध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ र पूर्व योगदान दिने शिक्षक आन्दोलनकी नेत्री कमला अमात्य र ११२ बर्षिया बाटुली लामिछाने लाई सम्मन गरेको छ । पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले तीजको शुभकामना मन्तव्य राख्दै तीजको शुभकामना दिनु भएको थियो । कार्यक्रममा सीता ओझा, प्रभा शर्मा , कमला अमात्य लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै सीता ओझाले परापूर्वकालमा तीज किन र कसरी मनाइयो भन्ने विषयमा स्पष्ट पारी यसको अर्थ र महत्वको चर्चा परिचर्चा गर्नु भयो । उहाँले मध्य काल बाट शुरु भएको तीज पर्व बर्सामासामाखेतिको काम सकेर थकित भएका र महिलाहरूलाई माइत लागि मिठो र पोसिलो खाना खुवाइ निराहार व्रत बस्ने चलन रहेको भन्दै अब निरहार व्रत बस्नै पर्ने कतै नलेखेको र यो महिलाहरूको मात्र नभै समस्त नेपालीहको चाड पर्व भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती राईले तीजले एक आपसमा भ्रातृत्व र सहकार्यको चाडको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका विभिन्न सघ सस्थाकाका प्रमुख तथा सदस्यहरूको बलियो उपस्थिति थियो ।
कार्यक्रमका वक्ताहरूले हरितालिका तीजलाई तडक भडक नगरी सामान्य र कम खर्चिलो गरेर मनाउनु पर्नेमा जोड दिएका थिए ।

