Saturday, April 18

गोरखाको मझुवा देउरालीमा बेबारिसे शव भेटियो

गोरखा नगरपालिका–१३ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मझुवा देउरालीको कुडुले भिरमा अन्दाजी ४० वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । दारी पालेको, कालो कालो वर्णका तराई मुलका जस्तो देखिने व्यक्तिको शव देखिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

Advertisement

उनको शव जिल्ला अस्पताल गोरखामा ल्याएर राखेको थियो । मृत्युको परिचय र कारण दुबै खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *