Friday, May 1

आफूहरूआफूहरू मिसन समाजवाद लिएर अगाडि बढेका हौँ : अध्यक्ष नेपाल

नेपालअखबार, विराटनगर  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरु मिसन समाजवाद लिएर अगाडि बढेको बताउनु भएको छ ।

समाजवादी मोर्चा नेपालले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा उहाँले यस्तो बताउनु भएको हो ।  सकारात्मक सन्देश दिँदै जनतामा आशा र आत्मविश्वास दिनुपर्ने बताउँदै उहाँले दोषलाई अन्त मोडेर नहुने बताउनु भयो ।

Advertisement

मोर्चाले गरेका अन्य ६ वटै सभा सफल भएको बताउँदै नेपालले खुसी व्यक्त गर्दै समाजवादबाटै असमानताको अन्त्य गर्ने र न्याय दिने बताउनु भयो । अब जिल्ला, पालिका र प्रदेशस्तरमा पनि मोर्चा बनाउने भन्दै नेपालले सरकार र सदनको मोर्चामा रहेर जनताको आवाज उठाउने बताउनु भयो  ।

भ्रष्टाचारमा डुबेका, अपराधमा संलग्न रहेकाहरूलाई मोर्चाले अस्वीकार गर्नेपनि उहाँले बताउनु भयो । नेपालको र विश्वकै परिस्थिति जटिल रहेको बताउँदै नेपालले यस्तो बेलामा राष्ट्रिय स्वाधिनताको रक्षा महत्त्वपूर्ण हुने बताउनु भयो ।
दलाल पूँजीवाद नेपाली राजनीति र अर्थतन्त्रमा पर्ने होकि भनेर लडाइ सुरू गर्नुपर्ने नेपालले बताउनु भयो ।