Friday, May 1

लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिरहने छौँ : केपी शर्मा ओली

नेपालअखबार, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो।  लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ, सामाजिक सञ्जालमा ओलीले लेखेका छन् ।

Advertisement

साथै उनले नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  परिवारजनमा गहिरो समवेदना पनि  व्यक्त गरेका छन् ।