Wednesday, July 29

एमाले पार्टी होइन ओली गुट मात्र हो : घनश्याम भुसाल

नेपालअखबार, सल्यान । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले पार्टी नभएर अध्यक्ष केपी शर्मा ओलीको गुटमात्र भएको आरोप लगाएका छन् ।

Advertisement

शुक्रबार सल्यानको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पार्टीको नीति अनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको भुसालको भनाइ छ ।

Advertisement
Advertisement

‘एमाले ओली रूचाउनेहरूको झुन्डमात्र हो,’ उनले भने,‘ जसका कारण संसद् विघटनदेखि नेकपा विभाजन हुँदै एमाले फुटेको हो ।’

Advertisement

वामपन्थी  कम्युनिस्ट पार्टी एक हुनुको साटो ओलीकै कारण एमाले फुटेको उनको भनाइ छ ।