Tuesday, July 28

गठबन्धन समाजवादका निम्ति बाधक होइन साधक हो : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना एससिसीको विरोध गरेर सरकारबाट फाल्दिने खेल भइरहेको बताएका छन्।

Advertisement

पार्टी निकट नेवाः संगठनले सोमबार काठमाडौंका आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादीकै कारण एससिसीको व्याख्यात्मक घोषणा भएको बताए।

Advertisement
Advertisement

‘केहीकेही मानिसको गीतै के छ भने एमसिसीलाई बहिष्कार गर्नुपर्छ। अरू केही होइन, एमसिसीको विरोध गरेर हामीलाई सरकारबाट फाल्दिने, कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने, विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा हेरेर बस्ने अनि जनताले हामीलाई वाहवाह क्रान्तिकारी भनेर जनताले साथ दिनेथिए भनेर हवाई कल्पनागर्नेबाहेक केही पनि होइन,’ उनले भने।

Advertisement

उनले एमसिसीको विरोध गरेकैले वाहवाही पाउने भए नेपाल मजदुर किसान पार्टी देशव्यापी बन्ने बताए।

‘हामीलाई थाहा छ, एमसिसीको घोर विरोध गरेको नेपाल मजदुर किसान पार्टीले त्यही विरोधको कारणले वाहवाही पाउँथ्यो भने अहिले देशव्यापीरूपमा फैलिइसक्ने थियो। एमसिसीको विरोध गरेकैले मोहन विक्रमजी (राष्ट्रिय जनमोर्चा)को पार्टीलाई सारा देशका जनताले भोटभोटै खसालेर सय सिट दिने थिए, हुँदो रहेनछ,’ उनले भने।

पहिलेका कम्युनिस्ट सरकारहरूले मुलुकको स्वाभाविमानमा, स्वाधिनतमा असंलग्न परराष्ट्र नीतिमा असर गर्ने सम्झौता रहेको र व्याख्यात्मक घोषणा गरेर नेपालको हात माथि पार्ने काम गरिएको उनले बताए।

‘हाम्रो मुलुकको स्वाभिमान, स्वाधिनता र तटस्थ परराष्ट्र नीतिमा असर पर्ने कुराहरू हामीले देखेका हौं। त्यसपछि हामीले व्याख्यात्मक टिप्पणी भनेर त्यसको अंग बनाएका हौं, केहीकेही पार्टीहरूले केही थप्नु पर्दैन, यसमा कुनै कुरा संशोधन, परिमार्जन गर्नुपर्दैन, यथास्थितिमा पास गर्नुपर्छ भनेर भनेका थिए। यदि हामीले त्यसलाई व्याख्यात्मक घोषणाको रूपमा थप्ने काम नगरेको भए एमसिसी यथास्थितिमा पास हुने थियो। नेपालको हात तल पर्ने थियो। नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने हुन्थ्यो। हामी आफ्नो अडान प्रस्तुत गर्ने हैसियतमा हुने थिएनौं। हाम्रै पार्टीको पहलकदमीमा व्याख्यात्मक टिप्पणी ल्याएर स्वाभाविमानको रक्षा गरेका छौं। असंलग्न परराष्ट्र नीतिको रक्षा गरेका छौं,’ उनले भने।