Thursday, July 30

संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश : देउवा

नेपालअखबार, काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको बताएका छन्।

Advertisement

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले संवैधानिक अभ्यासमा भएका कमी कमजोरी सच्चाउँदै संविधानको व्यवहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने बताएका छन्।

Advertisement
Advertisement

‘सबै राजनीतिक दल, नागरिक समाज, नीजि क्षेत्र र विभिन्न पेशाकर्मीहरुको सामूहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशको रुपमा अघि बढाउनु पर्ने दायित्व हामी सबैको काँधमा आएको छ,’ उनले भनेका छन्।

Advertisement

९ वर्षको अवधिमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालको रुपमा काम गरिरहेका र नयाँ संविधान अनुसार विभिन्न ऐन कानून निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयन तर्फ अघि बढेको देउवाले बताए।

उनले नयाँ संविधान अनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षा अनुसारको काम गर्न अग्रसर देखिएको पनि उल्लेख गरेका छन्।

संविधान सभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बांधेको देउवाको भनाइ छ।

मुलुकलाई केही वर्षमा नै समुन्नत मुलुकको रुपमा अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुको विकल्प नभएको सभापति देउवाले बताए। तसर्थ, संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा समुन्नत मुलुक बनाउने अभियानमा सबैलाई एकतावद्ध भएर सहभागी हुन उनले अनुरोध गरेका छन्।