Thursday, July 9

नेपाल दलित मुक्ति संगठन प्यूठानको अध्यक्षमा सुनार

नेपालअखबार, प्यूठान नेपाल दलित मुक्ति सङ्गठन प्यूठानको अध्यक्षमा मान बहादुर सुनार चयन हुनुभएको छ । सोमबार प्यूठानको जुम्रीमा भएको भेलाले सुनारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

Advertisement

कमिटीको उपाध्यक्षमा प्रेमबहादुर सुनार सचिव वसन्त वि.क. सहसचिव सिर्जना सुनार चयन हुनु भएको छ । कमिटीको सदस्यहरूमा कमला वि.क. विवेक सुनार, लिला सुनार, कृष्णवहादुर सुनार, टिकाराम सुनार, रामबहादुर सुनार, जितबहादुर सुनार, जोरबहादुर सुनार, सुमित्रा सुनार, भिमा सुनार धनबहादुर सुनार, मिनबहादुर सुनार, कमल नेपाली, मधुु सुनार, विना सुनार रहनु भएको छ ।

Advertisement
Advertisement

सोमबार नै नेकपा एकीकृत समाजवादीको प्यूठान जिल्ला स्थित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमको सन्दर्भमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा पार्टीका अन्य नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो  ।

Advertisement