Tuesday, May 12

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

नेपालअखबार, दाङ। दाङमा यात्रुवाहक बस दुर्घटना भएको छ।

सोमबार बिहान ५ बजे पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस पूर्वपश्चिम राजमार्गस्थित लमही नगरपालिका-४ बनगाउँस्थित बबई सोता पुलबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्याल दाङका डिएसपी जनक मल्लले जानकारी दिए।

Advertisement

१६ यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा १४ यात्रु घाइते भएका छन्।

घाइतेहरुको लमहीमा उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिए। बसमा सवार अन्य दुइ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।