अछाममा ५ जना घाइते भएका छन् भने एक सरकारी भवन पूर्ण, ५ आंशिक क्षति हुँदा एक घर पूर्ण र ३ घरमा आंशिक क्षति भएको छ । बैतडीमा १ जना घाइते, सरकारी भवन १ आंशिक र २ घरमा पूर्ण क्षति पुगेको छ । दार्चुलाको एक सरकारी भवनमा आंशिक क्षति पुगेको छ भने डडेलधुरामा एक घर पूर्ण र ४ घरमा आंशिक क्षति भएको छ ।