Saturday, July 18

राजनीतिक पार्टी बिग्रपछि राजनीति बिग्रियो: महासचिव भुसाल

नेपालअखबार ।  नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिक पार्टी बिग्रका कारण नेपालको राजनीति बिग्रेको दाबी गर्नुभएको छ।

Advertisement

पार्टीले यहि असोज १४ गते मेचीबाट सुरु गरेको समाजवादी जागरण अभियान २०८० को सातौं दिन नवलपरासी (पूर्व)को कावासोतीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महासचिव भुसालले यस्तो दाबी गर्नु भएको हो।

Advertisement
Advertisement

महासपचिव भुसालले जनताको ठूलो बलिदान, परिश्रम, मेहनतबाट बनेको एमाले दक्षिणपन्थी, अवसरवादी र व्यक्तिवादी नेताको हातमा पुग्दा तहसनहस भएको बताउनु भएको छ। उहाँले भन्नुभयोे, ‘खासगरी राजनीति बिग्रेको २०७४ को आम निर्वाचन पछि हो। उक्त निर्वाचनपछि वा २०७५ को वजेट नयाँ दिशा निर्धारण गर्ने वजेट हुनुपर्ने थियो। तर, त्यो हुन सकेन। हामीले त्यहिबाट यो कुरा मिलेन। हामी सच्चिनुपर्छ भन्दै आएका हौं।’

Advertisement

महासचिव भुसालले अगाडि भन्नुभयो,‘त्यो बजेट समृद्धि र समाजवादको आधार तय गर्ने गरी तयार पारौं भनिएको हो। यदि त्यसो गरेको भए पाँच वर्ष, १० वर्षमा आधार तय हुन्थ्यो । १५/२० वर्षपछि मुलक समावादी मुलुकका रुपमा स्थापना हुन्थ्यो। तर, त्यो सबै काम अधुरा भए। कम्युनिष्ट आन्दोलन छिन्नभिन्न अवस्थामा पुग्यो।  पार्टीको नियण, नवौं महाधिवेशनको निर्णय एकातिर थियो। तर, नेतृत्व अर्कैतर्फ। विकास केहो ? भ्युटावर, प्रशान्त महासागरमा पानी जहाज भन्ने खाले नेतृत्व आयो। त्यसपछि सबै बिग्रियो।केपी ओलीका हावा उट्पट्याङ् गफले सबै उडाइदियो। हुँदाहुँदा पार्टीभित्रको विवादलाई दिएर संसद विघटन गर्नुभयो। हमानुमान बोकेर अहोध्या हिड्नुभयो। राजनीति बिग्रेको त्यहिबाट हो। राजनीति बिग्रेपछि अर्थतन्त्र बिग्रियो। आजसम्म बिग्रेकै छ।’