Friday, July 17

बारामा २९ जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित

नेपालअखबार, बारा। नेकपा (एकीकृत समाजवादी) जीतपुर सिमरा उपमहानगर कमिटीको आयोजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

संजय प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जीतपुरसिमरा वडा नम्बर  ८ बाट  विभिन्न पार्टी परित्याग गरी २९ जना नेता कार्यकर्ताहरू समाजवादी पार्टीमा समाहित हुनु भएको हो।

Advertisement
Advertisement

रुप नारायण मण्डलको नेतृत्वमा प्रवेश गर्नुभएका २९ जना नेता कार्यकर्तालाई पार्टीका पोलिटव्युरो सदस्य तथा बारा ईञ्चार्ज दिनेश राई, अतिथि पार्टी केन्द्रीय सदस्य तथा बारा सहईञ्चार्ज कृष्ण कुमार श्रेष्ठले पार्टीमा स्वागत गर्नु भएको हो।

Advertisement

कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य कमला अधिकारी, जिल्ला सदस्यहरु लालपरी राम, जिल्ला सदस्य विकास साह, जिल्ला सदस्य मिरा पुरी, समाजवादी प्रेस संगठन केन्द्रीय सदस्य शारदा पोख्रेल, स्थानीय पार्टी नेता योगेन्द्र महतो, रामबाबु कुशवाहा, सन्तोष कुशवाहा प्रेस सेन्टर जिल्ला अध्यक्ष रञ्जन यादवलगायतको सहभागिता रहेको थियो।