Friday, August 7

मुलुककाे संविधान मास्ने षड्यन्त्र हुदैछ, सबैले खबरदारी गर्न आश्यक : अध्यक्ष नेपाल

नेपालअखबार, टिकापुर। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ।

Advertisement

समाजवादी जागरण अभियानअन्तर्गत १२औँ दिन सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। साथै अध्यक्ष नेपालले धरान, सर्लाही र नेपालगन्जका साम्प्रदायिक घटनाले यस्तो षड्यन्त्र भइरहेको बताउनु भयो।

Advertisement
Advertisement

उहाँले भन्नुभयो, ‘सामाजिक सद्भावलाई भड्काउने केही कोसिस भइरहेको छ। त्यस्ता प्रयत्नहरूलाई हामीले असफल पार्नुपर्छ। यस्तो कुरामा सरकार सचेत रहोस्।’ संसारको कुनै पनि व्यवस्था आफैँमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने अध्यक्ष नेपालको भनाई छ।

Advertisement

एक अर्को प्रसङ्गमा अध्यक्ष नेपालले युवाहरूमा राजनीतिप्रति वितृष्णा सिर्जना हुने गरी भ्रम सिर्जना गरिएको बताउँदै एकीकृत समाजवादीले युवाहरूलाई समेट्दै अगाडि बढिरहेको र जागरण अभियानका क्रममा हजारौँ युवाहरूलाई समेटेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘युवाहरू निराश नहुनुहोस्, हामी छौँ, जनताको माझमा जाँदा सकारात्मक प्रभाव पाएका छौँ, युवाहरूको आकर्षण बढेको छ, अब निराश हुनुपर्दैन।’

समाजवादी जागरण अभियानका क्रममा २६ असोज, शुक्रबारका दिन कैलाली जिल्लाका लम्की, सुख्खड, अत्तरिया हुँदै धनगढीमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ। उक्त अभियान २७ असोज, शनिबार कञ्चनपुर जिल्लाको पुनर्वास, झलारीहुँदै लालपुर र महेन्द्रनगरसम्म पुग्ने छ। अभियान २८ असोज, आइतबार कर्णाली प्रदेशको सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा विविध कार्यक्रमसहित समापन हुने भएको छ।