Friday, July 17

राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

नेपालअखबार, काठमाडाैं। इजरायलमाथि हमासको आक्रमणका कारण स्थगित भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ।

Advertisement

गुटेरेस आउँदो कात्तिक १२ गते नेपाल आइपुग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निजी सचिव रमेश मल्लले जानकारी दिए।

Advertisement
Advertisement

यसअघि उनी आज नेपाल आउने र संघीय संसदमा संबोधन गर्ने कार्यसूचि थियो। तर इजरायलमा बढेको तनावका कारण राष्ट्रसंघका महासचिव गुटेरेसले आफ्नो भ्रमण स्थगित गरेका थिए।

Advertisement

‘पहिले उहाँ आज आउने तालिका थियो तर स्थगित भयो,’ मल्लले सेतोपाटीसँग भने,‘अब १२ गते आउनुहुनेछ।’

राष्ट्रसंघका महासचिव आउने भएपछि सरकारले आजैदेखि अन्त्य गर्ने भनेको संघीय संसदको चालु अधिवेशन तत्काल अन्त्य नहुने भएको छ।

यसअघि मन्त्रीपरिषद्ले आजै राती मध्यरातिदेखि संसदको अधिवेशन अन्त्य गर्न संसदलाई पत्र पठाएको थियो।

तर अब गुटेरेस आउने भएकाले र उनलाई संसदमा संबोधन गर्न दिनका लागि अधिवेशन अन्त्य नहुने भएको हो। उनले कात्तिको १३ वा १४ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने तयारी छ।

राष्ट्रसंघको ७८ औं महासभामा भाग लिग अमेरिका गएका बेला प्रधानमन्त्री प्रचण्डले गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।