Thursday, July 30

प्यालेस्टाइनका नागरिकहरूको समर्थनमा युरोपमा प्रदर्शन

नेपालअखबार, एजेन्सि। इजरायल-हमास युद्ध चलिरहँदा युरोपका विभिन्न देशहरूमा प्यालेस्टाइनका नागरिकहरुका समर्थनमा प्रदर्शन भएका छन्।

Advertisement

इजरायलले हवाइ आक्रमण गर्दा गाजामा रहेका नागरिकहरुमाथिको मानवअधिकार हनन् भएको भन्दै उनीहरूको समर्थनमा युरोपका विभिन्न देशका विभिन्न क्षेत्रहरूमा मार्चपास गरिएको छ।

Advertisement
Advertisement

सिएनएनका अनुसार नेदरल्याण्डको एमस्टरड्याममा आइतबार प्यालेस्टाइनका नागरिकहरूको समर्थनमा १५ हजार मानिहरूले मार्च निकालेका थिए। मार्चपासमा एक व्यक्तिले हमासको झण्डा प्रदर्शन गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको सिएनएनले उल्लेख गरेको छ।

Advertisement

त्यस्तै लन्डन र स्वीजरल्याण्डको जेनेभामा पनि प्यालेस्टाइनी नागरिकहरूको पक्षमा मार्चपास गरिएको छ। लन्डनमा शनिबार १ हजारभन्दा बढी मानिसहरूले बिबिसीको हेडक्वार्टरबाट डनिङ स्ट्रिटसम्म मार्चपास गरेका थिए। सो दिन जेनेभामा पनि ६ हजार भन्दा बढी मानिसहरूले मार्चपास गरेका छन्।

गत शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरालयमाथि आकाश, जमिन र समूद्रबाट आक्रमण गरेको थियो। हमासको अचानक हमलाको जवाफमा इजरायलले गाजा क्षेत्रमा लगातार हवाइ आक्रमण गरिरहेको छ।

आक्रमणपछि गाजा क्षेत्रमा इजरायलले विद्युत् र पेट्रोलियम आपूर्ति बन्द गरेको छ। उसले त्यहाँका नागरिकहरूलाई दक्षिणी भूभागमा सार्न भनेको छ।