Friday, July 31

हिमाली जिल्ला मनाङमा हिमपात

नेपालअखबार, मनाङ।   हिमाली जिल्ला मनाङमा सुरूआती हिमपात भएको छ।

Advertisement

गत वर्ष यो समयमा हिमपात भएको थिएन। जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरूङले जानकारी दिए।

Advertisement
Advertisement

‘विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो। यस वर्ष समयमा नै सुरूआत भएको छ,’ अध्यक्ष गुरूङले भने।

Advertisement

उनका अनुसार तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेक लगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ।

हिमपात हुन सुरू भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ। समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन्।

‘हिमपात नहुँदा पानी अभाव हुन्छ र उत्पादन कम हुन्छ। यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरूआत भएको छ। यसले किसानलाई फाइदा हुन्छ,’ उनले भने।

हिमपात भएपछि याक, चौंरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरूङले बताए।

गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानी अभाव भएको थियो। यस वर्ष समयमै हिमपात सुरू हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ। रासस