Monday, June 1

कृषि क्षेत्रमा सहकार्यका लागि दक्षिण कोरियासँग समझदारी

नेपालअखबार, काठमाडौं । नेपाल र दक्षिण काेरिया बीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार कृषि विकास मन्त्रालयमा आयाेजित एक कार्यक्रममा कृषि मन्त्री डा. वेदुराम भुसाल र दक्षिण काेरियाका कृषि खाद्य तथा ग्रामिण सुरक्षा मन्त्री चुङ्‍ग हवानकेउन बीच समझदारी पत्रमा हस्ताक्षर भएको हाे ।

Advertisement

समझदारी अनुसार नेपालीको कृषि तथा पशुपन्छी क्षेत्रकाे विकासमा दक्षिण काेरिया सरकारले सहयोग गर्नेछ ।

समझदारीपछि बाेल्दै दक्षिण काेरियाका कृषिमन्त्री हवानकेउनले नेपालमा दुग्ध उत्पादन वृद्धि र कृषि उपजमा सहयोग गर्न बाटाे खुलेको बताए ।

नेपाल र काेरियाबीच श्रम जनशक्तिमा सहकार्यपछि कृषि क्षेत्रमा भएकाे समझदारीले आफू उत्साहित भएको उनले बताए ।

याे समझदारीले नेपालकाे दुग्ध उत्पादन वृद्धि, धान उत्पादन र तरकारी तथा पसलाजन्य बाली विकासमा काेरियाले सघाउने हवानकेउनले बताए ।

कार्यक्रममा नेपाली समकक्षी भुसालले याे समझदारी दुई देशबीचको सम्बन्धमा काेसेढुङ्‍गा हुने विश्वास व्यक्त गरे ।