Friday, July 17

देशको अवस्था बुझ्न एयरपोर्टमा विदेश जानेको ताँती हेरे पुग्छः माधव नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको अवस्था बुझ्न विमानस्थलमा विदेश जानेको ताँती हेरे पुग्ने बताएका छन्।

Advertisement

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जेबी टुहुरेले गाएझैं ‘लाहुर हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ’ जस्तै देशको अवस्था रहेको बताएका हुन्।

Advertisement
Advertisement

‘म भन्न चाहन्छु– जेबी टुहुरेको त्यो गीत, लाहुर हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ, लाखौंका लागि उजाड छ यो देश मुट्ठिभरका लागि स्वर्ग छ,’ उनले संसद् बैठकमा भने, ‘जब विमानस्थलमा हामी जान्छौं, बाहिर जानेहरूको ताँती देख्छौं। ती जाने परिवारको हालत जब हामी देख्छौं, हाम्रो मन पोल्न थाल्छ।’

Advertisement

उनले युवा मिटरब्याजमा ऋण काढेर भए पनि विदेश जानेको ताँतीमा रहेको बताए।

‘वास्तवमा देशको अवस्थालाई हेर्न विमानस्थलमा गएर नेपाली युवाको ताँती, विदेश जानेको ताँती देख्यौं भने, विदेश जानका लागि ऋण काढेर, अनि मिटरब्याजीहरूसँग पैसा लिएर कसरी विदेशमा जाने गर्छन् र जीवन उनीहरूले कसरी चलाइरहेका हुन्छन् भन्ने कुरा सम्झिँदा पर्याप्त हुन्छ,’ उनले भने।