Saturday, May 9

टी- २० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई बधाइ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आईसीसी टी- २० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले  विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई बधाइ दिनुभएको हो । अध्यक्ष नेपालले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामना समेत व्यक्त गर्नुभएको छ ।

Advertisement