Tuesday, May 19

भूकम्प प्रभावित नेपाललाई हरसंभव सहयोग गर्न तयार छौंः भारतीय प्रधानमन्त्री मोदी

नेपालअखबार, काठमाडाैं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्प कारण भएको जनधनको क्षतिमा दु:ख व्यक्त गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख लागेको बताएका हुन्।

Advertisement

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख लागेको छ। भारत सरकार नेपाली जनतासँग ऐक्यबद्ध छ र हरसम्भव सहयोग गर्न तयार छ,’ उनले लेखेका छन्।

यस्तै भूकम्पमा परी ज्यान गुमाएका मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।

शुक्रबार मध्यराति ११:४६ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार शनिबार बिहान सवा ८ बजेसम्म १२९ जनाले ज्यान गुमाएका छन्। यस्तै १४० जना घाइते समेत भएका छन्।