Monday, July 6

एकीकृत समाजवादीले बनायो प्रकाश ज्वालाको नेतृत्वमा भूकम्प प्रभावितलाई सहयोग गर्न समिति

नेपालअखबार, काठमाडौं नेकपा एकीकृत समाजवादीले जाजरकोट भूकम्पमा पार्टीका तर्फबाट अनुगमन र परिचालनका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा समिति गठन गरेको छ ।

Advertisement

सोमबार बसेको पार्टी सचिवलायमा बैठकले उपमहासचिव ज्वालाको नेतृत्वमा ९ सदस्यीय अनुगमन समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।

Advertisement
Advertisement

ज्वालाको संयोजकत्वमा कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश कमिटी अध्यक्ष अमर थापा, धनबहादुर बुढा, नन्दा चपाईं, कल्याणी खड्का, विमल पुन, ठडेन्द्रप्रसाद पुरी, कृष्ण विसी सदस्य रहेको समिति प्रभावित क्षेत्रमा परिचालित भएको विभाग प्रमुख खतिवडाले बताउनु भयो ।

Advertisement