Monday, May 18

भुकम्प पीडितलाई नेपाल रिटर्नी एसोसिएसन नेपालको ५० हजार सहयोग

नेपालअखबार, काठमाडौं नेपाल रिटर्नीएसोसिएसन नेपालले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । भूकम्पपीडितका लागि पार्टीले राहत कोषमा जम्मा गर्ने रकममा सहयोग पुर्याउनेउद्देश्यले एसोसिएसनले ५० हजार  चेक प्रदान गरेको हो ।

एसोसिएसनका अध्यक्ष प्रविण पौडेल सहितको टोलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार चेक हस्तान्तरण गरेको हो । पार्टीले  जाजरकोट लगायत क्षेत्रका भुकम्प पीडितलाई सहयोग गर्न जनसंगठन सहित नेता कार्यकर्ताहरूलाई कोषमा सहयोग गर्न आव्हान गरेसँगैजनसंगठनले पहिलो पटक पार्टीलाई रकम हस्तान्तरण गरेको हो ।

Advertisement