Tuesday, November 4

लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, खुल्न पाउने र नपाउनेको सूचीसहित

नेपाल अखबार, काठमाण्डौ । सरकारले ३ चरणमा लकडाउन खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार नै तीन चरणमा लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो।
सरकारले तय गरेको ३ चरण अन्तर्गत  पहिलो चरण आज बिहीबारबाट २१ दिनसम्म लागू हुनेछ।  त्यसपछि २१ दिनको  स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण र त्यसपछि पुनः १५ दिन तेस्रो चरण लागू हुनेछ।

Advertisement
यसरी  ३  चरण पूरा भएपछि मात्र सरकारले थप  विश्लेषण गरी लकडाउन पूर्ण अन्त्य गरी सम्पूर्ण  सेवा तथा व्यवसाय खुला गर्नेछ। तीन चरणको  ५१ दिनको अवधिमा  संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने सरकारले  तालिका परिवर्तन गर्न सक्नेछ।

मन्त्रिपरिषदबाट निर्णय भएको लकडाउन खुकुलो पार्ने कार्ययोजना यस्तो छ:
लकडाउन जारी रहने सेवा तथा कार्यहरु :
१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)
२) सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)
३) सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल
४) अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
५) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत
६) सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन
७) २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार
८) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९) स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर
१०) खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति
११) पहिलो चरणमा खुल्ने भनी  तोकिएका बाहेक अन्य सबै सवारी साधन
१२) बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।
 
पहिलो चरणमा बिहीबारबाट खुल्ने सेवा तथा  कार्यहरु :
१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
१२) निर्माण कार्य (निजीसमेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटल
१६) बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेसनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
दोस्रो चरणमा खुल्ने सेवा तथा  कार्यहरु :
१) सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी)
२) एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा
३) ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने गरी)
४) रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति-व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी)
तेस्रो चरणमा खुल्ने सेवा तथा  कार्यहरु :
१) सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय
२) संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केस भएमा अन्तर-जिल्ला आवागमन
३) सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन
४) आन्तरिक हवाई उडान
५) होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण
६) अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ
७) शिक्षण संस्था (परीक्षा प्रयोजनका लागि मात्र)
८) तालिम तथा ट्युसेन केन्द्र

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *