Sunday, July 26

मकवानपुर केन्द्रबिन्दु भएर भुइँचालो

नेपालअखबार, मकवानपुर। मकवानपुर केन्द्रबिन्दु भएर भुइँचालो गएको छ।

Advertisement

आज बिहान १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

Advertisement
Advertisement

भूइँचालोको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको केन्द्रले जनाएको छ।

Advertisement

मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए। थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्टले भौतिक क्षति भएको खबर नआएको बताए।

‘भूकम्प आएपछि मध्यरातमा मानिसहरू घरबाहिर निस्किएका थिए, भौतिक क्षति भएको खबर आएको छैन। हामी बुझ्दैछौं,’ उनले भने।