Saturday, May 23

भुकम्प पीडितलाई राहत वितरण गर्न एशोसिएसनका अध्यक्षको नेतृत्वमा जाजरकोट र रुकुम प्रस्थान

नेपालअखबार, काठमाडौं । नेपाल रिटर्नीएसोसिएसन नेपालकाे तीन सदस्य टाेली भुकम्प पीडितलाई राहत वितरण गर्न जाजरकाेट प्रस्थान गरेकाे छ ।

नेकपा एकीकृत समाजवादी निकट नेपाल रिटर्नी एशोसिएशनले जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रका भूकम्प पीडितका लागि ३००थान डब्बल बेड फाइबर सिरक वितरणका लागि काठमाडाैंबाट आज प्रस्थान गरेकाे  एसोसिएसनका अध्यक्ष प्रविण पौडेलले जानकारी दिएका छन् ।

Advertisement

एसोसिएसनका अध्यक्ष पाैडेलका अनुसार भूकम्पपीडितका लागि  जसले जहाँबाट जे गर्न सकिन्छ साे अनुसार सहयाेग गर्न अपिल गरेका छन् । एसोसिएसनका अध्यक्ष  पौडेलका साथमा सचिव प्रकास माेहरा साथै बम बहादुर वि.सिकाे टाेली प्रस्थान गरेकाे बताए ।