Thursday, July 30

दुई महिनादेखि सम्पर्कविहीन रहेका प्रहरी इन्स्पेक्टरलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपालअखबार, काठमाडाैं। असोज १ गतेदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरी अस्पतालमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ।

Advertisement

गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक प्रहरी निरीक्षक टंक भट्टराईलाई सात दिनभित्र हाजिर हुन गृहले निर्देशन दिएको हो।

Advertisement
Advertisement

कार्यालयमा गैरहाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ।

Advertisement

सो अवधिमा चित्तबुझ्दो स्पष्टिकरणसहित मन्त्रालयमा उपस्थित हुन भनिएको छ। मन्त्रालयमा हाजिर नभएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ।

inspector-1700791235.jpg