Sunday, July 19

नेपाल रिटर्नी एसोसिएसन भुकम्प प्रभावित क्षेत्रका २८० घर परिवारलाई राहत सामाग्री वितरण

नेपालअखबार, काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  माधव कुमार नेपालको सचिवालयले जाजरकोट कुसे गाउँपालिका वडा नं ९ मा भूकम्पले क्षति भएको २८० घर परिवारलाई न्यानो डबल बेड फाइबर सिरक वितरण गरेका छन् ।
राहत सामाग्री वितरण गर्न स्वकीय सचिव तथा नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष  प्रविन पौडेल र रिटर्नी यस्सोसिएसनका सचिव द्वए  प्रकाश महरा र  बम बहादुर विसिले कुसे गाउँपालिका वडा नं ९ सँग समन्वय गरी स्थानीय जनप्रतिनिधि ,आमा समुह ,विभिन्न पार्टीका स्थानीय नेताहरु साथै बुद्धिजीवीहरूको उपस्थितिमा वितरण गरेका थिए ।No description available.

Advertisement

वितरण पूर्व अध्यक्ष पौडेलले उपस्थित स्थानीय सँग कुरा गर्दै यस्तो विपदको समयमा कसैले पनि राहत सामाग्री आफूले जम्मा गर्ने गरी दोहोर्याएर नलिएर सरकारलाई सहयोग गरिदिन हुन आग्रह समेत गरेका थिए भने पारदर्शी र छिटो राहत वितरण गर्न वडाका जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएका थिए।No description available.

Advertisement
Advertisement

त्यसै क्रममा निज पौडेलले स्थानीय सँग परिचय गर्ने क्रममा आफू नेपल कम्युनिस्ट पार्टी एकिकृत समाजबादी पार्टिका अध्यक्ष माधव कुमार नेपालको सचिवालयमा रहेको र उक्त राहत संकलन साथै यहाँ सम्म ल्याउनको लागि  अध्यक्ष नेपालको महत्वपूर्ण भूमिका रहेको बताएका थिए। सहयोगको क्रममा निज पौडेलले कुसे गाउँपालिका वडा नं ९ का वडा अध्यक्षलाइ कुसे देखि खलंगा सम्म जाने सडक धेरै जोखिम युक्त रहेको र सडकको कारणले यहाँका बासिन्दाले खलंगा पुग्न ज्यानको जोखिम उठाउनुका साथै चर्को भाडा तिर्न बाध्य भएकोले संबंधित वडा तथा गाउँपालिकासँग समनवय गरी सरकारको बजेट नपुगे जनताको साथ लिएर भए पनि जोखिम युक्त सडकलाइ जनताको सहयोगबाट सुधार गरी जोखिम न्यून गर्न सकिने भनेर सुझाब दिएका छन् ।

Advertisement

यसको लागि वडा ९ का वडाध्यक्ष शिवराज गिरीलाई वडा ४,५ ६,७,८ सँग समन्वय गरेर समेत उक्त अगाडि अगाडि बढाउन सकिने सुझाएका छन्।   अहिले त्यहाँ १२ डिग्री टेम्प्रेचर रहेकाे छ ।

No description available.