
नेपालअखबार, काठमाडाैं । नेपाल रिटर्नी एशोसियसन जाजरकोट जिल्ला कमिटी राम बहादुर बुढाको नेतृत्वमा गठन भएको छ। उक्त कार्यक्रममा नेपाल रिटर्नी एशोसिएनका केन्द्रिय अध्यक्ष प्रविन पौडेलको प्रमुख अथितिमा सम्पन्न भएकाे थियाे ।
जाजरकाेट पार्टीका जिल्ला कमिटी सचिव मानबहादुर बुढाको अध्यक्षता तथा सचिव प्रकाश महरा र बम बहादुर विसिको विशेष अथिति जाजरकोट जिल्ला कमिटी सदस्य तथा वडा ३ कुसे गाउँपालिकाको निर्वाचित अध्यक्ष वीर बहादुर बुढा, छेडागाड नगरपालिका वडा ११ का पार्टी अध्यक्ष एमान ओर लगायतको उपस्थितिमा उत्त भेला सम्पन्न भएकाे थियाे ।

भेलाले १७ सदस्य कमिटी राम बहादुर बुढाको नेतृत्वमा गठन गरेकाे छ । यस कार्यक्रमको सञ्चालन समाजबादी स्वास्थ्य कर्मी संगठनका केन्द्रीय सदस्य पावन थापाले गरेका थिए ।

