Monday, July 6

पार्टी अध्यक्ष नेपालसहित केन्द्रीय नेताहरू जाजरकोटमा (तस्बिरसहित)

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नु भएको छ।

Advertisement

गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित बनेको जाजरकोटमा पुगेर अध्यक्ष नेपालले पीडितहरूको साथमा आफूहरू रहेको विश्वास दिलाउनु भएको छ।

Advertisement
Advertisement

आइतबार कर्णाली प्रदेश पुग्नु भएका अध्यक्ष नेपालसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रतिनिधिसभा सांसद तथा पार्टीको कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर थापालगायत नेताहरू यतिखेरी जाजरकोटमा हुनुहुन्छ।

Advertisement

गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प र त्यसपछिका परकम्पले भत्किएका घरहरूको स्थलगत अवलोकन तथा त्यसको सम्भावित लेखाजोखा अध्यक्ष नेपालले लिनु भएको छ।  ६.४ म्याग्निट्यूडको भूकम्प गएको थियो भने उक्त भूकम्पमापरी १५७ जनाभन्दा धेरैको ज्यान गएको थियो।

1-jkt-prakash-jwala-2-1701064534.jpeg

1-jkt-prakash-jwala-1701064534.jpeg

1-jkt-prakash-jwala-3-1701064533.jpeg

1-jkt-prakash-jwala-4-1701064533.jpeg