नेपालअखबार, सुर्खेत । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष नेपालले सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको बताए ।
Advertisement
उनले भने सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुपर्यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था नारा लगाउनु वाहियात हो।
Advertisement
Advertisement
देशमा आर्थिक समस्या रहेको स्वीकार गर्दै नेता नेपालले अर्थतन्त्र जुन गतिको साथ अगाडि बढ्नुपर्ने हो त्यो अनुसार बढ्न नसकेको जिकिर गरे । अर्थतन्त्र ठिकठाक छ भन्ने र श्रीलंकानै बन्न लाग्यो भन्ने दुवै कुराहरू गलत भएको नेपालको भनाइ थियो ।
Advertisement
पैंसाजति जग्गा जमिनमा लगाएको देखिन्छ। अर्कोतर्फ सरकारी काम गरेको रकम पनि सरकारले दिन सकिरहेको छैन। सबै कुराको इस्यु बनाएर राजनैतिक आन्दोलन अगाडि बढाइरहेका छन् । नेपालले भने ऋण लिएर तिर्दैन भन्न मिल्दैन । यस्ता खालका गलत कुराहरू उठाए हराइसकेको, इतिहास भइसकेको राजतन्त्र संस्थालाई बुत्याउने कुरा गलत हो ।
राजावादीहरूले ठुलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको नेपालले बताए। अध्यक्ष नेपाल भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका हुन् ।