Sunday, May 24

क्रान्तिकारी कम्युनिष्ट पार्टी पुनर्गठनको आवश्यकता

नेपालअखबार, काठमाडाैं। दलाल नोकरशाही पूँजीवादी शोषण, दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरूद्ध संघर्ष गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा उभिएको समृद्ध नेपाल निर्माणको आर्थिक रूपान्तरण अभियान सञ्चालन गर्नु नै हाम्रो मूल उद्देश्य रहेको छ ।

सामन्तवादको अवशेषका रूपमा रहेका कुरीति, अन्धविश्वास र रूढीवाद तथा सामाजिक विकृति र विसङ्गतिको समूल अन्त्यका निम्ति सामाजिक(साँस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नु हाम्रो तात्कालिक काम भएको छ ।

Advertisement

न्याय, समानता र सम्मानको सामाजिक परिवेश सृजना गर्नु र लोकतान्त्रिक प्रगतिशील आचरण भएको सुसंस्कृत नागरिक उत्पादन गर्नु हाम्रो मूल जिम्मेवारी रहेको छ ।
कम्युनिष्ट पार्टीमा आबद्ध भएका व्यक्तिहरूको उद्देश्य नै जनतामा ज्ञान, चेतना र जागरण पैदा गर्नु हो ।

जनतालाई ज्ञानका माध्यमबाट सचेत र जागरूक बनाइसकेपछि उनीहरूलाई संगठित गर्ने हो । ती संगठित जनतालाई आफ्नो समस्यामा एकतावद्ध बनाएर परिचालित गर्ने हो । यसर्थ, जनपरिचालन, जनसंघर्ष वा जनआन्दोलनसँग कम्युनिष्ट पार्टीको घनिष्ठ सम्बन्ध रहन्छ ।
दक्षिणपन्थी अवसरवाद, व्यक्तिवाद, आत्मसमर्पणवादी सोचबाट मुक्त भएर मात्रै कुनै पनि पार्टीले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्न सक्छ । दक्षिणपन्थी विरूद्ध एकजुट भएर मात्रै हामी यो अभियानलाई सार्थकता दिन सक्छौं ।

त्यसका भड्काउका निम्ति सामूहिकताको सिद्धान्त तथा कमिटी प्रणालीको व्यवस्थालाई बलियो गरी समाउने, नीतिप्रधान पार्टीको निर्माण गर्ने कुराबाट मात्रै सही अर्थमा कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सकिन्छ । त्यसका लागि हामीले गहिरो गरी मार्क्सवाद(लेनिनवादका सिद्धान्तको अध्ययन गर्नुपर्छ, पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने काम गर्नुपर्छ ।

विचार  र व्यावाहारकाे संश्लेषण पुस्तकबाट लेखक पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका पार्टी अध्यक्ष माधवकुमार नेपाल