Tuesday, May 26

जनकपुरबाट ५०० जना नेकपा एस पार्टीमा प्रवेश

नेपालअखबार, जनकपुर । धनुषा जिल्लाको जनकनन्दिनी गाऊ पालिकाको खजूरी गाऊमा  कार्यकर्ता भेला तथा पार्टीका कार्यक्रमका प्रमुख अतिथि  नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक समाराेहमा लो. स. पा. का नेता सुनिल मंडल सहित  विभिन्न पार्टीबाट  ५०० जनालाई पार्टी प्रवेश गरेका नव सदस्यहरूलाई  स्वागत गरेका छन् । प्रमुख अतिथि नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री  नेपालले  आजकाे युग परिवर्तनकाे हाे अव अहिले पनि चाकरीका भरमा पार्टी चलाउछु भन्नेका पछि लाग्न नहुने बताए ।
May be an image of 10 people and temple
प्रमुख अतिथि नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री  नेपालले जनताकाे हितका लागि समाजवाद आश्यक रहेकाे हुदा हरेक नेपालीले समाजवादकाे जग राख्न याेग्दान दिन नेकपा एस पार्टीमा जाेडिन  पर्ने अवस्था  आएकाे बताए । आफ्नाे गाउ आफै बनाउ भन्ने अभियान मैले नै सुरू गरेकाे थिए । अव आफ्नाे देश बनाउन समाजवाद ल्याउन सभागि हुनु पर्छ भन्ने विचारलाई हरेक जनताकाे घरदैलाेमा पुराउनका लागि नेकपा एस पार्टी अघि बढि सकेकाे छ । याे जनताकाे पार्टी हाे । सबै वर्गका जनताका समस्या समाधानका लागि नेकपा एस पार्टीलाई  जनताले अब  आफ्नाे पार्टी बनाउन वस्ती वस्तीमा सक्रिय हुन पर्ने बताए ।
उक्त अवसरमा केन्द्रीय उपाध्यक्ष, सचिवालय सदस्य, स्थाइ ककमिटी सदस्य, पोलिट व्युरो सदस्य, केन्द्रीय सदस्यहरु, प्रदेश अध्यक्ष, पदाधिकारी , सदस्यहरु, जिल्ला पदाधिकारीहरु, स्दस्यहरु, जनवर्गिय संगठनका सदस्यहरु, स्थानीय पालिका साथै  पार्टीका कार्यकर्ताहरु लगायत पाँच हजार भन्दा बढिको उपस्थिति थियो ।
May be an image of 8 people, temple, dais and text that says 'नेपाल युनिष्ट पार्टी (एकिकृत समाजवादी) आमसभा तथा पार्टी पवेश कार्यक्रम महाय कमार f வ'May be an image of 7 people, crowd and templeMay be an image of 5 people and crowdMay be an image of 12 people, temple and textMay be an image of 12 peopleMay be an image of 11 people, temple and crowd