Tuesday, July 28

भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन

नेपालअखबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायक सम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको शुक्रबार अनुगमन गर्नुभएको छ।

Advertisement

भक्तपुरको सूर्यविनायक देखि जडिबुटी सम्म मन्त्री आफैले सर्वसाधारण यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गर्नुभएको हो। गत असोज ३ गतेदेखि शुरु भएको उक्त बस सेवामा हाल दैनिक ३६ वटा बस सञ्चालनमाछन्।

Advertisement
Advertisement

भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सूर्यविनायक सम्मको रुटमा सञ्चालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा सञ्चालन गरिने मन्त्री ज्वालाले बताउनुभयो। हाल यी बसहरू पिक आवर बिहान र बेलुका सञ्चालनमा छन्। सो अनुगमन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालको उपस्थिति थियो।

Advertisement