Monday, July 27

नेकपा एसले चाइना फाउन्डेसनद्वारा प्राप्त राहत सामाग्री वितरण

नेपालअखबार, काठमाडाैं । नेकपा एसले चाइना फाउन्डेसनद्वारा प्राप्त राहत सामाग्री भूकम्प प्रभावित क्षेत्रमा  वितरण गरेकाे छ । गत नोभेम्बर ७ देखि १४ सम्मका लागि नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा पार्टीको १५ सदस्यीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाको प्रवेशद्वारको रुपमा रहेको युनान प्रान्तको राजधानी कुन्मिन र थियान्चिन शहरको औपचारिक भ्रमणका लागि प्रस्थान गरेकाे थियाे ।

Advertisement

उत्त भ्रमणका क्रममा  युनान प्रान्तका सेक्रेटरी सहित उच्च अधिकारी सम्मिलित बैठकको क्रममा नेपालको जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पमा परी ठूलो जन धनको क्षति भएकोमा दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनार्थ युनान सरकारले रू.५० हजार अमेरिकी डलर सहयोग गर्ने तथा चिनीयॅा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले रू. १० लाख चिनियॅा युआन सहयोग गर्ने घोषणाले दुःखको बेला चीन साथै रहेको सकारात्मक सन्देश दिएकाे थियाे ।

Advertisement
Advertisement

साे अनुसार भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमका लागि राहत सामाग्री प्राप्त भइ वितरण कार्य भइ रहेकाे नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललेकाे सचिवालयले जानकारी दिएकाे छ । No description available.

Advertisement

चाइना फाउन्डेसन द्वारा प्राप्त राहत सामाग्री  मंसिर-१५ गते भेरी नगरपालिका वडा नं-२ को जनता प्रा बि पुरानरिसाङ र बिष्णु प्रा बि नेटाका-१३५ जना छात्रछात्राहरुलाई खाध्यान सामाग्री बितरण गरियो साथै कोरियन बल्याङक,ज्याकेट, टावेल लगाएतका सामाग्री बितरण साथै नेकपा (एकीकृत समाजवादी)कर्णाली प्रदेश कमिटी बाट प्राप्त रु- ५०००० को -२५ थान फाइवर सिरक र १० थान त्रिपाल पनि बितरण गरेकाे छ ।

No description available.No description available.No description available.No description available.No description available.