Monday, May 25

कुलेश्वरको गोदाममा भएको आगलागी नियन्त्रणमा

नेपालअखबार, काठमाडौँ । शनिबार काठमाडौँको कुलेश्वरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका वडा नं.१४, कुलेश्वरस्थित विभिन्न सामग्री भण्डारण गरी राखिएका तीन वटा गोदामहरूमा आगलागी भएको थियो  ।

पर्सा वीरगंज घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ३४ वर्षीय पप्पु कुमार गुप्ताको सनम प्लास्टिक कारखाना नाम गरेको कवाडी गोदाम र कपडा पेलेर रूवा बनाउने गोदाममा करेन्ट सर्ट भई गएराति आगलागी भएको प्रहरीको भनाई छ ।

Advertisement

खबर प्राप्त हुनासाथ बिहान करिब साढे ३ बजेदेखि परिचालित नेपाली सेनाको फायर फाइटिङ्ग टोलीले अन्य निकायहरू तथा स्थानीयको सहयोग र वारुणयन्त्रको समेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिएको हो । आगलागीबाट भएको क्षति विवरण भने आउन बाँकी रहेको छ ।

123456