Wednesday, May 27

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहनु भएका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु पुग्नु भएको थियो  ।

Advertisement

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उहाँहरुबीचमा आपसी हित एवं समसामयीक चासोको विषयमा कुराकानी भएको थियो ।