Wednesday, May 27

मुस्लिम समुदायका इस्लाम धर्मगुरुहरुद्वारा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटघाट

नेपालअखबार, काठमाण्डौं ।मुस्लिम समुदायका इस्लाम धर्मगुरुहरूले नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गर्नुभएको छ । आइतबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मुस्लिम समुदायका अगुवाहरूसँग भेटघाट भएको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा मुस्लिम इत्तेहदसंगठनकाइन्चार्ज तथा अध्यक्ष ताज मोहम्मद मियाँको नेतृत्वमा मुस्लिम समुदायका अग्रज तथा धर्मगुरुले समसामयिकसमस्याहरुलाई लिएर भेटघाट गर्नुभएको हो ।

Advertisement

समाजमा विद्यमान मुस्लिम समुदायको धार्मिक तथा सांस्कृतिकसमस्याहरू , तिनको संरक्षण  , प्रवर्धन , विकास र त्यसको निराकरणमा अग्रणी भूमिका खेलिदिन हुन अग्रजहरुको आग्रह थियो ।

भेटघाटमा पार्टीका केन्द्रीय सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठ र पार्टीका पोलिटव्यूरो सदस्य रामकुमार भट्टराई सहित नेताहरुको उपस्थिति रहेको थियो ।