Wednesday, July 8

जंगली हात्तीको आक्रमणमा एक जनाको ज्यान गर्‍यो

नेपालअखबार, विराटनगर। जंगली हात्तीको आक्रमणमा परेर मोरङ बेलबारीमा सोमबार एक जनाको ज्यान गएको छ।  लेटाङ- ३ का  ५३ वर्षीय कमल माझीको हात्ती आक्रमणमा परेर मृत्यु भएको हो।

Advertisement

मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार  साइकलमा हिडिरहेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेमा पर्ने सिर्जना  सामुदायिक वन क्षेत्रमा आज बिहान  हात्तीले  आक्रमण गरेको थियो। माझी घरेलु मदिरा बनाउन प्रयोग गरिने मर्चा बोकेर बेलबारीतिर आउँदै थिए।

Advertisement
Advertisement

हात्तीको आक्रमणबाट गम्भीर घाइते उनको घटनास्थलमै मृत्यु भएको थियो।

Advertisement

एक साता अघि मात्रै सुनसरीको  इटहरीमा एक जनाको र दमकमा एक जना भुटानी शरणार्थीको हात्ती आक्रमणमा मृत्यु भएको थियो।