Wednesday, July 8

आजपनि नेकपा एसकाे केन्द्रीय सचिवालय वैठक बस्दै

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बस्दैछ।

Advertisement

पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा साढे ११ बजे सुरू हुनेछ।

Advertisement
Advertisement

आगामी माघमा गर्ने भनिएको पार्टीको महाधिवेशनबारे आजको वैठकमा छलफल हुनेछ। उपमहासचिव खतिवडाले भन्नुभयो, ‘हिजो हामीले महाधिवेशनबारे छलफल गर्यौं। त्यसबारे थप निर्णय आज गछौं। राष्ट्रियसभाको निर्वाचन, तयारी, जाजरकोट भूकम्पलगायतका विषयहरू हामीबीच छन्। यि विषयमाथि छलफल गरेर महाधिवेशनबारे निर्णय लिनेछौं।’

Advertisement

खतिवडाले भन्नुभयो, ‘समाजवादी मोर्चा घटक दल नेकपाका महासचिव विप्लव सीलगायतका नेताहरूलाई अदालतले पक्राउ पूर्जि काटेको विषय पनि छलफलको विषय बन्नसक्छ। तर, त्योभन्दा महत्वपूर्ण विषय हाम्रो पार्टीकै हुन्।’