Wednesday, July 1

अनेमसंघद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालअखबार, काठमाडौँ। अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौँ जिल्ला कमिटीको आयोजनामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

पार्टीकी केन्द्रीय उपाध्यक्ष जयन्ती राईको प्रमुख आतित्थ्यता एवं जिल्ला कमिटी अध्यक्ष सरिता खनालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीकी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्री भुसाल, पोलिटब्युरो सदस्य वशन्त मानन्धरलगायतले महिला हिँसाको अन्त्यबारे आफ्ना धारणा राख्नु भएको थियो।

Advertisement
Advertisement

वक्ताहरूले महिलामाथि भइरहेको हिँसाको अन्त्य गर्न नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनु भएको छ।

Advertisement