Sunday, October 11

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

नेपालअखबार,काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट स्रोत नखुलेका गरगहना र रकमसहित एक जना पक्राउ परेका छन्।

Advertisement

अवैध सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका  ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम,  एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी,  पाँच लाख ७६ हजार रूपैयाँ र भारू २२ हजार बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

Advertisement

निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको छ।