Thursday, July 30

पोर्चुगलमा दूतावास राख्ने निर्णयबारे छलफल गर्न समितिले बोलायो परराष्ट्रमन्त्री साउदलाई

नेपालअखबार, काठमाडाैं । संसदीय सुनुवाइ समितिले पोर्चुगलमा दूतावास स्थापना निर्णयबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ।

Advertisement

सरकारले कात्तिक २३ गते पोर्चुगलमा दूतावास स्थापना गरेर सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो।

Advertisement
Advertisement

एमालेका सचेतक महेश बर्तौला र कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पोर्चुगलमा दूतावास खोल्ने निर्णयबारे प्रश्न उठाएका थिए।

Advertisement

मुलुकले आर्थिक संकट खेपिरहेको बेला दूतावास स्थापना गर्न नहुने उनीहरूको सुझाव थियो। सोहीबारे छलफल गर्न समितिले परराष्ट्र मन्त्री साउदलाई बोलाउने निर्णय गरेको हो।

समितिको भोलिको बैठकमा मन्त्री साउदलाई बोलाएको छ।