Wednesday, August 12

रोनाल्डोको १२ सयौँ खेल पूरा

नेपालअखबार, काठमाडौं । पोर्चुगल तथा अल नासेरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको १२ सयौँ खेल खेलेका छन् ।

Advertisement

अल नासेरका लागि अल-रियादविरूद्ध खेलेको खेलमा उनले एक गोल र एक असिस्ट गरे । साउदी प्रो लिग अन्तर्गत अल-रियादलाई ४-१ ले हराउँदा साडियो मानेको पासमा गोल गरेका ३८ वर्षीय रोनाल्डोले ओटाभियोका लागि असिस्ट पनि गरेका थिए ।

Advertisement
Advertisement

रोनाल्डोले आफ्नो यो उपलब्धिसम्म आइपुग्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् र आफ्नो काम अझै नसकिएको बताएका छन् ।

Advertisement

पोर्चुगिज फरवार्ड रोनाल्डोले यस सिजन साउदी प्रो लिगमा १५ खेलमा १६ गोल गरेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।

इंग्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टजले व्यावसायिक खेल जोनमा १ हजार ३८७ खेल खेलेका छन् ।

रोनाल्डोले यसअघि २०२० फेब्रुअरीमा आफ्नो एक हजारौँ खेल खेल्दा पनि युभेन्ट्सका लागि गोल गरेका थिए ।

साउदी प्रो लिगले सामाजिक सञ्जालमा रोनाल्डोले १२०० खेल खेलेको पुष्टी गर्दै पोष्ट गरेको छ ।

यस्तै रोनाल्डोले पनि इन्स्टाग्राममा पोष्ट राख्दै सबैलाई धन्यवाद दिएका छन्, ‘अर्को ३ अंक । मेरो १२०० खेल पुर्‍याउन मद्दत गर्ने सबै टिममेटहरुलाई धन्यवाद ।’

दुई सय अन्तर्राष्ट्रिय खेल खेल्ने पनि पहिलो खेलाडी

यस्तै रोनाल्डो जुनमा दुई सय अन्तर्राष्ट्रिय खेल खेल्ने पनि पहिलो खेलाडी बनेका थिए । उनले पोर्चुगलका लागि कीर्तिमानी १२८ गोल गरेका छन् । यस्तै युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक १८३ खेल खेलेका छन् ।

रोनाल्डोले अहिलेसम्म पाँच फरक क्लबका लागि खेलेका छन् । जसमा उनले पोर्चुगलको स्पोर्टिङका लागि ३१ खेल खेलेका छन् । यस्तै इंग्लयाण्डको म्यानचेष्टर युनाइटेडको लागि ३४६, स्पेनको रियल मड्रिडका लागि ४३८, इटलीको युभेन्ट्सका लागि १३४ र अहिले खेलिरहेको सायदी क्लब अल नासेरका लागि ४६ खेल खेलेका छन् ।

पोर्चुगलको राष्ट्रिय टिमबाट उनले २०५ खेल खेलिसकेका छन् ।