Friday, July 17

अब हामीले निर्वाचन पद्धतिलाई पनि वैज्ञानिक बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्र उन्नत र विकसित भइरहेको टिप्पणी गर्नुभएको छ।

Advertisement

शनिबार पार्टीको निर्वाचन आयोगले इलेक्ट्रिकल भोटिङ मेसिन सम्बन्धि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले उक्त कुरा बताउनु भएको हो।

Advertisement
Advertisement

उहाँले भन्नुभयो,‘आदीम युगमा कुनै निर्वाचन प्रणाली थिएन। वर्ग संघर्ष पनि थिएन। कुनै राजनीतिक दल थिएनन्। यति नभएपछि लोकतन्त्र हुने कुरै भएन। दास युगमा आइसकेपछि केही गणराज्यको इतिहास देखिन्छ। नेपालको इतिहासलाई हेर्दा शाक्य र कोलियो गणराज्यका बारेमा बोद्ध साहित्यमा चर्चा गरिएको पाइन्छ। यि गणराज्यमा निर्वाचन हुन्थ्यो। त्यहाँ गणतन्त्र थियो। हाम्रो इतिहास नै गणतन्त्रको इतिहास हो। तर, राजावादी इतिहासकारहरूले इतिहास विगारेका छन्।’

Advertisement

सम्मानित नेता खनालले अगाडि भन्नुभयो, ‘सामान्तवादी युगमा केही राजाहरू आए। बढो निरंकुश वंशले शासन गरे। उनीहरूले पनि लोकतन्त्रलाई हुर्कन दिएनन्। आज भने हामी गणतन्त्रमा छौं। लोकतन्त्र क्रमिक रुपमा विकास हुँदै जान्छ।  वर्गको उदय भएपछि लोकतन्त्रको उदय भएको हो। लोकतन्त्र वर्गको शासन हो। अहिले पूँजिवादी लोकतन्त्र छ। जो पहिलेको भन्दा अहिलेको लोकतन्त्र फराकिलो छ। धेरै जसो देशमा पूजिवादी लोकतन्त्र छ। यस लोकतन्त्रले पूँजिवादीहरूकै हित गर्छ। हामीले अँगालिरहेको निर्वाचन प्रणाली पनि पूँजिवादी पद्धती नै हो। अहिले प्रविधिको विकास तीव्र रुपमा विकास भइरहेको छ। समाज रुपमान्तरणका आर्थिक र समाजिक संरचनाहरूमा प्रविधिले प्रभाव पारेको छ।’May be an image of 2 people and text

खनालले भन्नुभयो,’हामीले निर्वाचन पद्धतिलाई पनि वैज्ञानिक बनाउनुपर्छ। यस कार्यमा हाम्रा इन्जिनियर साथीहरूले राम्रो प्रगति गर्नुभएको छ। यो निक्कै राम्रो कुरा हो। मेरो तर्फबाट हाम्रो पार्टीको हार्दिक बधाईछ। म विज्ञानमा विश्वास गर्छु। अरूले पनि विज्ञानमा विश्वास गर्नुपर्छ। विश्वास लाग्दो प्रविधिको विकास गर्नुपर्छ। त्यसलाई मात्र आम मानिसहरूले विश्वास गर्छन्। जस्तो निकोलोसले सूर्यको वरिपरी पृथ्वी घुम्छ भनेर पत्ता लगाउनुभयो। त्यसपूर्व पृथ्वीको वरिपरी सूर्य घुम्छ भनेर विश्वास गरिन्थ्यो। त्यस दुनियाँले निकोलोसलाई गालि गर्यो। उनले आफ्नो पर्वतकलाई जलाएर मारियो। तर,साँचो कुरा साचो हुन्छ। पछि आएर त्यस समुदायले माफि माग्यो। त्यसैले प्रविधिलाई विश्वसनिय बनाउनुपर्छ।May be an image of 4 people, people studying and text